हेर्नुहोस् आजको तरकारी र फलफूलको भाउ…

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : ४५


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आज शुक्रबार आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ ।

मुढेँको आलुपनि ३६ रुपैयाँ प्रतिकेजी रहेको छ । सुकेको प्याज ३८ रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रुपैयाँ केजी रहेको छ । स्थानीय काउली ५० रुपैयाँमै पाइन्छ । यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ ।

लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४०, घिउसिमी ५०, राजमा ९० टाटेसिमी १८०, भटमास कोसा १५०, घिरौला ५०, चिचिण्डो २०, स्कुस ९० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी च्याउ कन्ये २४० रुपैयाँ प्रतिकेजी तोकेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । चुकुन्दर ७० रुपैयाँ प्रतिकेजी रहेको छ भने बन्दा रातो १२० रुपैयाँ रहेको छ । तामा १२० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्