यूएई ८१ रनमै अलआउट, अस्मिनाले लिइन् ५ विकेट

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : १८


काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएई १९.४ ओभरमा अलआउट हुँदै ८१ रनमै समेटिएको हो । यूएईका लागि बैष्षणी महेशले सर्वाधिक १६ रन जोडिन् । त्यस्तै, इशा ओझाले १५ रन बनाइन् ।

नेपालकी अस्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् ।


प्रतिक्रिया दिनुहोस्