माटो जोगाऔँ अभियानअन्तर्गत सद्गुरुको १ सय दिने यात्रा सम्पन्न

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ११


काठमाडाैं । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरुको १ सय दिने एकल मोटरसाइकल यात्रा समापन भएकाे छ । २७ राष्ट्रहरू र भारतका ९ राज्यहरू हुँदै ३० हजार कि.मी. यात्रा पुरा गरी तमिलनाडुस्थित ईशा योग केन्द्रमा समापन भएको थियो ।

विश्वव्यापी स्तरमा शुरु गरिएको माटो जोगा‌औँ अभियानको क्रममा पछिल्लो तीन महिनामा ३.२ अर्ब मानिसहरूले माटोको बारेमा आवाज उठाएका छन् ।

यात्राको क्रममा ६ सयभन्दा बढी कार्यक्रमहरूमा समेत सहभागी भई पूरा गरिएको १ सय दिने जोखिमयुक्त मोटरसाइकल यात्राबारे सद्‌गुरुले भने ‘जोखिमयुक्त यात्रा समापन भएको छ, तर वास्तविक कठिन काम अब शुरु हुन्छ ।’

माटोलाई जोगाउन र पुन: जीवित बनाउनेतर्फ नीतिगत कार्यहरूलाई मूर्तरूप दिन आह्वान गर्दै सद्‌गुरुले बेलायत, संयुक्त राज्य अमेरिकालगायत दक्षिण अमेरिकी तथा क्यारेबियन राष्ट्रहरू गरी २० भन्दा बढी राष्ट्रहरूमा यात्रा गर्ने छन । माटो जोगाउनको लागि विश्वस्तरमा तत्काल केही सकरात्मक कदमहरू चालिने कुरामा विश्वस्त हुँदै सद्‌गुरुले भने, ‘थुप्रै राष्ट्रहरूलाई, लगभग १२ देखि १८ महिनाभित्र माटोलाई पुन: जीवित बनाउनेतर्फ कुनै न कुनै किसिमको नीति बनाउन प्रेरित गर्न सक्छौँ ।’

उक्त अभियानको मुख्य उद्धेश्य माटोलाई पुन: जीवित गर्नको लागि माटोसम्बन्धी राष्ट्रिय नीतिहरूलाई परिवर्तन गरी यो सुनिश्चित गर्ने कि खेतीयोग्य जमिनमा कम्तीमा ३-६ प्रतिशत जैविक तत्त्व कायम रहनुपर्छ भन्ने रहेकाे बताइएकाे छ ।

विश्वभरि ५० प्रतिशत खेतीयोग्य जमिन विनाश भई उब्जनीको लागि अयोग्य भएको भयावह स्थितिमा, सो अभियानले विश्वभरिका राष्ट्रहरूलाई खेतीयोग्य जमिन जोगाउनको लागि तत्काल नीतिगत सुधार गर्न आह्वान गरेको जनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्