गौरिका र प्रिन्स बेष्ट खेलाडीको अवार्डबाट सम्मानित

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ९ : ३७


नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गौरिकालाई एनओसी उत्कृष्ट महिला खेलाडी र प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको हो।

त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दीपक मगर र महिलातर्फ सङ्गीना वैद्यले प्राप्त गर्नुभयो। उत्कृष्ट सङ्घको अवार्ड भने नेपाल तेक्वान्दो सङ्घले प्राप्त गरेको छ। त्यसैगरी एनओसीले चार जना खेलकुद पत्रकारलाई पनि सम्मान गरेको छ।

कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गर्नुभयो भने बिबिसीका खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गर्नुभयो।

यसैगरी कान्तिपुर टेलिभिजनकी सविना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गर्नुभयो भने राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गर्नुभयो। रासस


प्रतिक्रिया दिनुहोस्