काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पछिल्लो समय आफ्नो नयाँ पार्टीको घोषणा गरेका छन्।
उनी राजनीतिमा आएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
यसैबीच, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवी लामिछानेलाई संकेत गर्दै ‘चिनिएको छु भन्ने सोचले राजनीतिमा आएको मान्छेको विचार नहुने’ बताएका छन।
कहिले कहिले यस्तो हुने गरेको भन्दै उनले डेमोक्रेसीमा विचार नहुने व्यक्तिले संगठन बनाउन नसक्ने र पार्टी पनि चलाउन नसक्ने दाबी गरे।