रूसले आपूर्ति कटौती गरेपछि जर्मनीले ग्याँस सतर्कता स्तर बढायो

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ७ : ००


रूसले जर्मनीलाई ग्यास आपूर्ति कम गरेपछि आकस्मिक योजनाअन्तर्गत ग्यास सतर्कता स्तर बढाएको छ।

बिहीबार पत्रकार सम्मेलनमा अर्थमन्त्री रोबर्ट हाबेकले भन्नुभयोे, “अहिले जर्मनीमा ग्यास को अभाव भएको छ।”

“रूसको यूक्रेनविरूद्धको आक्रमणपछि पश्चिमको समर्थनको बदलामा यूरोपेली एकतालाई खलबलाउने उद्देश्यले जर्मनीविरुद्ध ग्यास आपूर्तिलाई ‘हतियारको रूपमा’ प्रयोग गरिरहेको थियो,” हाबेकले भन्नुभयो।

“बढ्दो स्तरले ‘ग्यास आपूर्ति स्थिति’को उल्लेखनीय खस्कँदो अवस्था प्रतिबिम्बित गरेको छ,” हाबेकले भन्नुभयो । “अब हामीले केही पनि गरेनौं भने अवस्था झन् बिग्रनेछ।”

अन्य थुप्रै युरोपेली देशहरूजस्तै जर्मनी पनि इन्धनको आफ्नो आवश्यकता पूरा गर्न रूसी ऊर्जा आयातमा अत्यधिक निर्भर छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्