नेपाली फुटबलको ओरालो यात्रा, फिफा वरीयतामा ८ स्थान तल झर्यो

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : ०७


काठमाण्डौ । कुनै समय चम्किएको नेपाली फुटवलमा अहिले ओरालो यात्रा जारी । पछिल्लो समय हरेक खेलमा हारको नतिजा लिइरहेको नेपालको फिफा वरियातामा पनि त्यस्तै आरालोपन देखिन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको वरीयतामा नेपाल एकैपटक ८ स्थान तल झरेर एक सय ७६ औँ स्थानमा पुगेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो ।

नेपालले गएको जेठमा कुवेतमा एएफसी एसियन छनोट खेलेको थियो । त्यसमा नेपाल जोर्डनसँग दुई–शू्न्य, कुवेतसँग चार–एक र तेस्रो खेलमा इन्डोनेसियासँग सात–शून्य गोलले पराजित भएको थियो । त्यही लगातारको हारले गर्दा नेपालको यो हविगत भएको हो । पछिल्लो समय नेपाली फुटवलमा सुधार नआउनुको कारण खेलाडी, प्रशिक्षक र एन्फा अध्यक्षबीच भएको विवाद हो ।

वरीयताको एकदेखि पाँचौ स्थानसम्म क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड रहेका छन् । त्यस्तै स्पेन, इटली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क शीर्ष दशभित्र परेका नयाँ वरियतामा देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्