खप्तड लघुवित्तले शेयर निष्कासन गर्ने, मेगा क्यापिटलसँग गर्यो सम्झौता

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  २ : ५१


काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । संस्थाले १ लाख ३२ हजार कित्ता बरारबरको शेयर निष्काशन गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको हो ।

त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा खप्तड लघुवित्त वित्तीयका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्