बारामा पाँच वर्षीया बालिका बलात्कृत, १८ वर्षीय किशोर गिरफ्तार

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १ : २०


बारा। बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्