तुलसीपुर कारागारमा एक अविवाहित महिलाले बच्चा जन्माइन्

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १ : १६


दाङ। दाङको तुलसिपुर कारागारमा एकजना अविवाहित महिलाले बच्चा जन्माएकी छिन्।

बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा बच्चा जन्माएकी हुन्।

बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो।

सुत्केरी व्यथा लागेपछि उनलाई राप्ती प्रादेशीक अस्पताल लगिएको थियो। त्यहाँ उनले छोरा जन्माएकी हुन्।

उनले आफू अविवाहित रहेको बताएकी छिन्। ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्थाले बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया दिनुहोस्