सुनको भाउ बढेर तोलामा ९७ हजार ५ सय पुग्यो

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १२ : ०४


काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्