स्वर्गीय म्याराडोनाको उपचारमा संलग्न चिकित्सकमाथि मुद्धा चलाइने

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ११ : ३७


काठमाण्डौँ । अर्जेन्टिनाका सर्वकालिक फुटबलर डिएगो म्याराडोनाको उपचारमा लापरबाही गर्ने चिकितसकमाथि लापरबाही गर्ने स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ ।

सन्२०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुई जना नर्सलगायत ८ जना रहेका छन् ।

छानबिन समितिले उपचारमा कमजोरी र अनियमितता देखिएको पाएपछि एक न्यायाधीशले मुद्दा चलाउन आदेश दिएका हुन् । यो अभियोग पुष्टि भएमा उनीहरुले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्नेछ । मुद्दाबारे सुनुवाइको समय तय नभइसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।  मस्तिष्कको शल्यक्रियापछि आफ्नो बुबाको उपचारबारे दुई जना छोरीहरुले चासो व्यक्त गरेका थिए ।

त्यसअघि मस्तिष्कको शल्यक्रिया गराएका म्याराडोनाको स्वास्थ्यमा सुधार भएको थियो । तर निधन भएको केही दिनपछि अर्जेन्टिनाका अभियोजनकर्ताले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए । यता आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्