काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ। त्यस्तो नगरेमा फोहोर नउठाउने महानगरले जनाएको छ।
कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।
कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई ५ सय जरिवाना गर्ने समेत महानगरले जनाएको छ।