काठमाडौं । सरकारले नायब महानिरिक्षक (डीआईजी)को बुढवा सिफारिस गरेको छ।
गृहमन्त्रालयले बुधबार राती रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस गरेको हो।
बढुवा समितीले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ।
पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्। कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन्।
२०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो।