काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अघि बढाउन प्रस्ताव गरेका छन्। संसदमा विचाराधीन नागरिकता विधेयक अगाडी बढाउने विषयमा प्रधानमन्त्रीले प्रस्ताव राखेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसंग बताए।
विधेयकका केही प्रक्रियाहरु पुरा गरेर चाँडै टेवल हुने प्रवक्ता कार्कीको भनाई छ। नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावबारे भने कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले बताए।
वैठकमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो। तत्कालीन नेकपाको प्रस्ताव अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सुरुमा राजनीतिक अधिकार नपाउने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता लिने प्रस्ताव गरेको थियो।