जासुसको ‘मायाजाल’मा परेर क्षेप्यास्त्रबारे जानकारी चुहाउने भारतीय इन्जिनियर गिरफ्तार!

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ५८


काठमाडौं। पाकिस्तानी जासुसको ‘हनिट्र्याप’ मायाजालमा परेर एक भारतीय इन्जिनियरले भारतीय क्षेप्यास्त्रबारे जानकारी चुहाएका छन्।

अन्जान युवतीले आफूतिर आकर्षित गर्दै २९ वर्षीय इन्जिनियर मल्लिकार्जुन रेड्डीबाट भारतीय क्षेप्यास्त्रबारे जानकारी लिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतीय रणनीतिक हतियारबारे पाकिस्तानले जानकारी पाएपछि यतिबेला प्रहरीले रेड्डीलाई गिरफ्तार गरेर अनुसन्धान सुरुवात गरेको छ।

खबरअनुसार प्रहरी बयानमा रेड्डीले नताशा राव नामकी युवतीसँग प्रेममा परेको बताएका छन्। फेसबुकमार्फत् चिनजान गरेकी नताशाले विहे गर्ने सपना देखाएर सूचना लिएको उनले बयान दिएका छन्।

Dukka Mallikarjuna Reddy


प्रतिक्रिया दिनुहोस्