काठमाडौं। भारतमा श्रीमतीलाई चुम्बन गर्दा एक व्यक्तिमाथि कुटपिट भएको छ।
भारतीय संचार माध्यमका अनुसार अयोध्याको नदीमा श्रीमतीलाई चुम्बन गरेपछि ती व्यक्तिमाथि कुटपिट भएको हो।
खबरअनुसार उत्तर प्रदेशमा अयोध्याको नदीमा भक्तजनहरु खोलामा नुहाइरहेका थिए। पवित्रस्थानमा पाप पखाल्न भन्दै मानिसहरु उपस्थित भएका थिए।
तर त्यहाँ एक व्यक्ति र उनका श्रीमतीले चुम्बन गर्न थालेपछि आक्रोशित भिडले पवित्रस्थलमा अनैतिक कार्य गरेको भन्दै कुटपिट गर्न थाले।
View this post on Instagram
सो कुटपिटको फोटो र भिडिओ यतिबेला भाइरल भइरहेको छ। महिला र ती पुरुषलाई सो नदीबाट निकालिएको जनाइएको छ।
(भिडिओ)