काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चार क्षेत्रबाट अलग भएर राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।
लामिछानले मंगलबार काठमाडौंमा एक समारोहका बीच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका हुन।
यसैबीच, नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुनै पेसा वा व्यवसायमा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन्।
लामिछाने टेलिभिजन कार्यक्रममा चर्चित रहेको भन्दै राजनीतिमा यसको अर्थ नरहने पोखरेलको टिप्पणी छ।