युक्रेनी सेनाको ड्रोनले रुसी क्षेत्रमा घुसेर पड्काइदियो त्यहाँको तेल भण्डार

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ४९


काठमाडौं। युक्रेनी सेनाको ड्रोनले फेरि एकपटक रुसी क्षेत्रमा घुसेर त्यहाँको तेल भण्डार ध्वस्त पारिदिएको छ।

डेलीमेलका अनुसार बुधबार रुसको रोस्तोभ क्षेत्रमा रहेको नोभोशाक्तिन्स्क तेल भण्डारलाई युक्रेनी ड्रोनले ध्वस्त बनाएको हो।

झन्डै चार महिनायता रुसले युक्रेनमा आक्रमण गरिरहेको छ। सो क्रममा युक्रेनका लाखौं जनता विस्थापित भएका छन्।

दुवै पक्षका हजारौं सेनाहरु पनि मारिएका छन्। पछिल्ला दिनहरुमा युक्रेनमा रुसले कडा आक्रमण गरिरहँदा युक्रेनले पनि पश्चिमा राष्ट्रको हतियार सहयोगले रुसको प्रतिकार गरिरहेको छ।

सो क्रममा युक्रेनी ड्रोनले रुसको तेल भण्डार ध्वस्त बनाएको हो। यसअघि पनि युक्रेनका हेलिकप्टरहरु रुसी क्षेत्रमा घुसेका थिए।


प्रतिक्रिया दिनुहोस्