काठमाडौं। नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य रहेका दुर्गा प्रसाई मेडिकल कलेज सञ्चालकका साथै व्यापारी पनि हुन्।
उनी विवादका साथै चर्चामा आइरहन्छन्। विवादस्पद टिप्पणी दिनमा उनी निकै खप्पिस छन्।
हालै उनले दुबईका राजपरिवारका एक सदस्य नेपाल बोलाएपछि चर्चा पाएका थिए। उनले ती राजपरिवारका सदस्यबाट सुनको लौरो पनि पाएको खबर आएको थियो।
प्रसाईंले सो क्रममा दुबईमा मेडिकल कलेज खोल्ने पनि उद्घोष गरेका छन्।
यसक्रममा उनले एक अन्तर्वार्तामा काँग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश छाडेर जाने दाबी गरेका छन्।
उनका अनुसार यी नेताहरुले अथाहा धन सम्पत्ति जोडिसकेका छन् र कुनैदिन देश छाडेर जानेछन्।
उनले सो अन्तर्वार्तामा आफूले नभएर एमालेका शीर्ष नेताहरुले कार्ल मार्क्स सम्बन्धी अध्ययन गर्न जरुरी रहेको पनि बताएका छन्।
उनले भनेका छन्,‘एमाले केन्द्रिय कमिटी सदस्य बनेपछि केही ठूलो नेताले मलाई कार्ल मार्क्सको दर्शन पढ्न सुझाव दिएका छन्। माक्र्सको दर्शनमा रोजगार, उत्पादनका विषय छन्। मैले १५ वर्षदेखि रोजगारी सिर्जना गरिरहेको छु। ५ हजारलाई रोजगारी दिएको छु। उत्पादनमूलक कार्य गरेको छु। त्यसकारण मैले किन पढ्ने माक्र्सको दर्शन। उहाँहरुले रोजगारी सिर्जना गरे हुँदैन।’