माधव नेपालको निर्वाचन क्षेत्र काठमाण्डौँमा ‘स्वतन्त्र’ उम्मेदवारी

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : ३४


काठमाण्डौँ ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्यको लागि इन्स्युरेन्स अभियान्ता कोषराज सुवेदीले स्वतन्त्र रुपमा उठ्ने घोषणा गरेका छन् । बुधबार गौशालामा एक कार्यक्रम गरेर काठमाण्डौँ निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उठ्ने घोषणा गरेका हुन् । ‘सोँचसंगै संवृद्धि’ भन्ने मूल नारा लिएर जनतामाझ हिँडिसकेको उनले दैनिक अनलाइनसंग बताए ।

लामो समय आफू बिभिन्न ब्यापार तथा  वित्तिय क्षेत्रमा आवद्ध भएको हुँदा मुलुक परिवर्तनका एजेण्डा प्रशस्तै भएको उनले सुनाए । प्रतिनिधि सभामा इन्स्युरेन्स अभियानकर्मीका समस्या पनि लैजानु पर्ने भएकाले यो कदम चालिएको उनले बताए । शीर्ष पार्टीका नेतामा मुलुक विकासको सोँच हराइसकेको बताउँदै एक सबल सोँचले मात्र सवृद्धि हासिल हुने उनले बताए ।

यो क्षेत्र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्र हो । स्थानीय तहको निर्वाचनमा काठमाण्डौँको मेयरमा बालेन शाह, धरानको मेयरमा हर्क साम्पाङले जितेपछि अहिले देशब्यापी रुपमा स्वतन्त्र उम्मेदवारको माहौल बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्