अमेरिकामा १ सय ३७ व्यक्ति सवार विमान भयानक दुर्घटनाबाट बच्यो, भयो आगजनी (भिडिओ)

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : २०


काठमाडौं। अमेरिकामा सयभन्दा बढी यात्रु सवार एक विमान ठूलो दुर्घटनामा परेको छ।

अमेरिकी समयअनुसार सोमबार मायामी विमानस्थलमा अवतरणका क्रममा डोमिनिकल एअरलाइन्सको एक विमान ल्यान्डिङ गियर नखुलेपछि दुर्घटनामा परेको हो।

ल्यान्डिङ गियर नखुलेपछि सो विमान त्यसै विमानस्थलमा घिस्रिएर अवतरण भएको थियो। सो क्रममा विमानमा आगजनी भयो।

विमान साना भवन र संचार टावरमा पनि ठोक्किएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

विमानमा १२६ यात्रु र ११ चालकदलका सदस्यगरी १३७ जना थिए। सो घटनामा ३ जनामात्र घाइते भएको र अन्यको सकुशल उद्धार गरिएको डेलीमेलले जनाएको छ।

विमानमा आगजनी भएपनि यो घटनामा मानवीय क्षति भने हुन पाएन।


प्रतिक्रिया दिनुहोस्