काठमाडौँ। सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार साे आदेश दिएको हो।
ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा नियुक्त गरेका थिए।