अर्काको श्रीमती कुट्ने राज्यमन्त्री वलीको छानविन गर्ने टोली दाङमा

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ३४


काठमाण्डौँ । अर्काको श्रीमती  कुटेर निकै चर्चामा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली) को घटना छानविन गर्ने टोली प्रदेश राजधानी दाङ पुगेको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको तिन सदस्यीय टोली दाङ पुगेको हो ।शर्मा मंगलबार नै दाङ पुगेका हुन् भने महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीसहितको टोली बुधबार त्यहाँ पुगेका छन्। राज्यमन्त्री वली हाल बुटवल छिन् ।

अब उनीहरूले प्रहरी र परिवारका सदस्यसँग आवश्यक छलफल गर्नेछन् । घटना छानबिन गरी प्रतिवेदन तयार पारेपछि प्रदेश मन्त्रिपरिषदमा पठाउने मन्त्री शर्माले बताए ।

त्यसपछि बल्ल राज्यमन्त्री ओलीमाथि कारबाही या के गर्ने भन्ने विषयमा मन्त्रिपरिषदले धारणा बनाउने शर्माले बताए । राज्यमन्त्री वलीले केही दिनअघि वाइसिएल नेता एकराज बस्नेत आफ्नो प्रेमिका रहेका भन्दै उनकी की श्रीमतीलाई कुट्न भ्याएकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस्