बाराका १६ वर्षीया किशोरीलाई भारत लगेर बलात्कार गर्ने ईर्साद अन्सारी गिरफ्तार

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ०१


बारा। अपहरण, शरीर बन्धक, जबरजस्ती करणी एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही वारदात पश्चात फरार रहेका कलैया उपमहानगरपालिका ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अंसारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

अंसारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका १ बाट डर त्रास देखाई अपहरण गरी भारतको लुधियानामा लगि बन्धक बनाई जबरजस्ती करणी तथा मानव वेचबिखन तथा ओसार पसार समेतको कसूर गरी फरार रहेको घटनामा संलग्नमध्ये अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका ५ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्