पार्टीको नाम ‘स्वतन्त्र’ राखेपछि रवि लामिछानेविरुद्ध उजुरी

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : १६


काठमाडौं। संचारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

लामिछानेले मंगलबार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका छन्।

यतिबेला उनको पार्टीको नाममा मतभेद बढेको छ। सो क्रममा निर्वाचन आयोगमा दल दर्ताका लागि रविले दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको हो।

उनको पार्टीको नामले ‘स्वतन्त्र’ उम्मेदवारलाई आघात पुग्ने र यसले भ्रम छर्ने बताइएको छ। स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले रविको पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्