रवि लामिछाने लक्षित एमाले महासचिवको टिप्पणीः चर्चित हुँदैमा राजनीतिमा योग्य भइँदैन

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ०८


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने लक्षित टिप्पणी गरेका छन्।

लामिछानेले हिजो मंगलबार मात्र नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए। उनी पत्रकारितामा निर्क चर्चा कमाएपछि राजनीतिमा प्रवेश गरेका हुन्।

यस क्रममा पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्य नहुने उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन। राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ।’


प्रतिक्रिया दिनुहोस्