अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २५० जनाको मृत्यु

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : १९


काठमाडौं। अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार भूकम्पले दर्जनौं घरहरु भत्किएका छन् जसका कारण मृतकको संख्या बढ्नसक्छ।

हालसम्मको खबरअनुसार यो भूकम्पमा परेर १५० जना घाइते भएको जानकारी प्राप्त भएको छ।

सामाजिक संजालमा पक्तिका प्रान्तमा भूकम्पले पारेको क्षतिको भिडिओ र फोटोहरु सार्वजनिक भएका छन् जहाँ दर्जनौं घर ध्वस्त भएको देखिएको छ।

एनडीटीभीका अनुसार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ।

दक्षिण अफगानक्षेत्र खोस्टलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्