काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घटेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको छ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले गिरावट आएर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।