झापामा हात्ती धपाउन निस्केका १५ वर्षे अजित तामाङको सर्पको टोकाईबाट मृत्यु

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ५७


दमक। विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ।

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्