हात्ती, बाँदर र बँदेल मातेर लड्छन् जंगलमा, कारण यस्तो (भिडिओ)

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ४०


काठमाडौं। मदिरा पिएर मानिसहरु मातेको र सडकमै लडेका त हामीले दिनहुँ नै देखिरहेका हुन्छौं।

तर के यो सब वन्यजन्तुको वातावरणमा सम्भव छ त?

तपाइँहरु यो सोचिरहनु भएको छ कि पक्कै सम्भव छैन, किनभने जंगलमा मदिरा पाइँदैन अथवा त्यहाँ मानव जीवनमा जस्तो मदिरा किनबेच हुँदैन।

कुरा ठिक हो र त्यो नै यथार्थ हो।

यद्यपी जंगली जनावरहरु पनि मातेर लड्ने गरेको देखिएको छ।

नेसनल जियोग्राफीका अनुसार विशेषगरी दक्षिण अफ्रिकाको जंगलमा पाइने आँपजस्तै फल ‘मारुला ट्रि’को फल खाएर हात्ती, बाँदर र बँदेलजस्ता जनावर मात्तिएर लडेको देखिएको छ।

गैँडा, कछुवा, जल गैँडा, चराहरुसमेत यो फल खाएर मात्ने गर्दछन्।

मारुला ट्रिको फल पहँेलो हुन्छ जुन अफ्रिकी नागरिकहरु जाम, वाइन, बियर तथा अन्य मदिरा बनाउन प्रयोग गर्दछन्।

यो फल दिने रुख जंगलमा छ्यापछ्याप्ती पाइने हुँदा त्यस्ता झरेको पाकेको फल खाएर जनावरहरु मात्ने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ।

(भिडिओ)

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्