‘राष्ट्रिय स्वतन्त्र पार्टी’को अध्यक्ष घोषणा भएन, को बन्ला?

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : १८


काठमाण्डौँ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपतिसहित ७ ब्यवस्था सिर्जना गरेर पार्टी घोषणा गरेका उनले प्रारम्भिक चरणमा २१ सदस्य रहेको पनि बताए ।

तर उनले पार्टीको अध्यक्ष को बन्छ भन्ने कुरा खुलाएका छैनन्। पार्टीको संस्थापकमा रहेका २१ जना कोको हुन् त्यो पनि लामिछानेले गोप्य राखेका छन्। विस्तारै सबैको नाम सार्वजनिक गर्ने उनले बताए।

राष्ट्रिय स्वतन्त्र पाटी अध्यक्ष लामिछाने नै हुन् भन्ने लागे पनि उनले भने जो कोही हुन सक्ने बताएका छन्। आफ्नो पार्टीमा नेपालभर चिनिएका कुनै व्यक्ति नरहेको बताउँदै नेपाल चिन्ने ब्यक्तिको समुह रहने बताए। भ्रष्टाचारी र विसंगतिमाथि खरो उत्रेर नेतृत्व गर्न सक्ने जो कोही पनि आफ्नो पार्टीको अधयक्ष बन्ने सक्ने भन्दै उनले बाटो खुला गरेका छन्।

आफूभन्दा खरो तवरले पार्टी लिड गर्न सक्ने अरु कुनै ब्यक्ति फेला पारे आफू पछि बसेर पनि काम गर्ने उद्घोष गरेका छन्। आजकै मितिबाट आफ्नो पार्टीमा जोडिन पनि उनले देशविदेशका सबै देशभक्त नेपालीलाई आग्रह गरे।

 


प्रतिक्रिया दिनुहोस्