रवि लामिछानेले किन रोजे चुनाव चिन्ह ‘घण्टी”

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ४४


काठमाण्डौँ । टेलिभिजन कार्यक्रम छोडेर नयाँ दल निर्माण गरेर राजनैतिक यात्रा आरम्भ गरेका रवि लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्।

तामझामसहित मंगलबार राष्ट्रिय सभागृहमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले चुनाव चिन्ह घण्टी राखेका हुन्।

यो चिन्हलाई निर्वाचन आयोगले सदर गर्छ या गर्दैन पछि नै थाहा होला । आम नागरिकमा जिज्ञासाको विषय रहेको अवस्थामा उनले उनले किन प्रस्ताव गरे चुनाव चिन्ह घण्टी?

सभागृहमा करिब १ घण्टा आफ्नो राजनैतिक यात्रा आरम्भबारे बोलेका लामिछानेले चुनाव चिन्ह घण्टीको बारेमा पनि बताएका छन्। बर्तमान राजनैतिक दलबाट कुनै परिवर्तनको आरम्भ गर्न असम्भव निष्ककर्षसहित पार्टी खोलेका उनले भ्रष्टाचारीलाई सेकाउन चुनाव चिन्ह घण्टी राखिएको बताए।

मुलुक भ्रष्टाचार, विकृति र विसंगतिले नराम्रगरी गिजोलिँदा पनि कानमा तेल हालेर बस्ने बर्तमान शाषकहरुको कानसम्म सर्वसाधारणको आवाज पुर्याउन घण्टी चिन्ह राजेको उनको भनाई छ।

उनले मंगलबार नै दल दर्ता गरी चुनाव चिन्ह लिने बताएका छन्। त्यसको लागि उनी कागजातसहित निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्