काठमाडौं। पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन्।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले सो कुरा प्रस्ताव गरेका हुन्।
उनले आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनेसमेत बताए।