रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, भन्छन्ः सक्षम मान्छे हुनेछन्

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ३४


काठमाडौं। रवि लामिछानेले नयाँ दल खोल्ने घोषणा गरेका छन्। उनले आफ्नो पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ हुने पनि जानकारी दिएका छन्।

काठमाडौंको राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे।

सो क्रममा उनले आफू व्यवस्था बदल्न नभइ नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गर्दै नयाँ दल खोल्ने बताएका हुन्।

उनले सम्पूर्ण क्षमतावान तथा शिक्षित व्यक्तिहरुलाई पार्टीको सदस्य हुन आह्वान गरेका छन्। साथै उनले हाल स्वतन्त्र रुपमा उठ्न लागेका उम्मेदवारलाई यो पार्टीमा आउन पनि आग्रह गरेका छन्।

नयाँ पार्टी खोल्ने घोषणा गरेसँगै अब उनी कुनै पनि दलमा प्रवेश नगर्ने स्पष्ट भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्