बालेनले सार्वजनिक गरे आफ्नो चुनावी खर्च

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : २५


स्वतत्त्रबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन्।

सोमबार मेयर शाहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्