प्रेम आलेले अश्लिल गाली गरेका वायु सेवा निगमका अध्यक्ष निलम्बित

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ३९


पर्यटनमन्त्री प्रेमबहादुर आलेबाट अश्लिल गाली गलौज र दुव्र्यवहार बेहरोका नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ।

पर्यटनमन्त्री आले र उनको सम्बन्ध राम्रो थिएन। आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो।

उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ। उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए।

 


प्रतिक्रिया दिनुहोस्