जनरल इन्स्योरेन्स कम्पनीकाे शुभकामना आदान प्रदान तथा रक्तदान

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ३८


काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनीले व्यवसाय संचालन गरेको ४औं बसन्त पुरा गरेको अवसरमा साेमबार शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको कम्पनीका सचिव राम प्रसाद पौडेलले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्