कतार विश्वकपमा पर्यटकलाई झट्काः यौन व्यापार निषेध, विवाह नगरी यौन सम्पर्क गर्दा जेल!

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : १६


काठमाडौं। कतारमा यसवर्षको फिफा विश्वकप आयोजना हुँदैछ। फुटबलको महासंग्राम भएकाले कतारले यसवर्ष लाखौं पर्यटक भित्र्याउनेछ।

यद्यपी ती पर्यटकहरुलाई मुस्लिम राष्ट्र कतारमा यसपटक झट्का लाग्ने देखिएको छ।

कतारमा विवाह नगरी यौन सम्पर्क गर्न पाइँदैन र विवाह नगरी रात कटाउने महिला र पुरुषलाई कडा सजायको व्यवस्था छ।

त्यस्ता व्यक्तिलाई कतारमा ७ वर्षसम्मको जेल सजाय हुन्छ।

अन्य राष्ट्रमा विश्वकप हुँदा त्यहाँ यौन व्यापार निकै फस्टाउँछ। कतार भने मुस्लिम राष्ट्र भएका कारण त्यहाँ यौन व्यापारलाई वैधानिकता दिइएको छैन।

यस क्रममा विदेशी पर्यटकले कतारमा यौनकर्मी भेट्ने छैनन्। कानुन कडा भएकै कारण यदी प्रेमी र प्रेमीकाले एक साथ रात कटाए उनीहरुलाई सजाय हुनसक्ने पनि आशंका गरिएको छ।

होटलमा कतारले श्रीमान र श्रीमती पुष्टि हुने कागजात भएमात्र उनीहरुलाई सँगै बस्ने कोठा मिलाइ दिनसक्छन्।

द सनका अनुसार श्रीमान र श्रीमती भएमात्र कतारमा सँगै रात विताउन कानुन छ त्यसकारण यसपटक विश्वकप हेर्न आउने पर्यटकले यो विषयमा ध्यान दिन जरुरी छ।

अधिकारीहरुका अनुसार कतार विश्वकप देह व्यापार प्रतिबन्ध लगाइएको पहिलो विश्वकप हुनेछ।


प्रतिक्रिया दिनुहोस्