सयवटा हाड भाँच्चिएका छन् यद्यपी हाँस्न छाडेका छैनन् १२ वर्षे रोहितले!

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ३५


काठमाडौं। तस्बिरमा देखिएका बालक भारतका १२ वर्षे रोहित हुन्।

उत्तर प्रदेश घर भएका उनमा ‘ब्रिटल बोन डिजिज’ भनेर चिनिने ‘ओस्टेपोरोसिस’ रोग छ। सोही रोगका कारण उनी अन्य सामान्य बालबालिकाजस्तो खेल्न सक्दैनन्।

उनको सयभन्दा बढी हाड भाँच्चिएका छन्। यही रोगका कारण उनको उचाई मात्र १७ इन्चको छ र उनको वजन १५ केजी छ।

उनी आफैं उठ्न सक्दैनन् हरेक समय उनलाई आमाले स्याहार गर्नुपर्दछ। यद्यपी दाँत भने उनी आफैं माझ्न सक्छन्।

यो रोगको पूर्ण उपचार नभएता पनि उनको शरीरको हाड बलियो बनाउने उपचार भने गराउन सकिन्छ।

यस रोगका कारण उनको आठ वर्षको अन्तरालमा सयभन्दा बढी हाँड भाँच्चिएका छन्। उनी विद्यालय गएका छैनन्।

तर रोहितलाई उनकी दिदीले पढ्न सिकाउँछन्। बालक रोहितलाई शरीरले साथ नदिएता पनि उनी खुशी देखिन्छन्।

उनको चाहना भविष्यमा गायक बन्ने रहेको छ।

ओस्टेपोरोसिस रोग के हो?

हाडमा भएका कोसहरु मर्छन् र फेरि जन्मिन्छन् तर ओस्टेपोरोसिस रोग भएका मानिसमा त्यस्तो हुँदैन र नयाँ हाड पलाउँदैन।

यसको अर्थ यो रोग लागेका मानिसको हाड बरु झन कमजोर हुन्छ र मड्किने र भाँच्चिने समस्या देखा पर्छ। यस्तो रोग लागेका व्यक्तिमा कुनै लक्षण देखिँदैन। हाड भाँच्चिएपछि मात्र यो रोगबारे थाहा हुन्छ।

ढाँड, पिठ्यु, नाँडी जस्ता अंगको हाड कमजोर हुने र भाँच्चिने गर्दछ। यो रोगको अहिलेसम्म पूर्ण उपचार पाइएको छैन। यद्यपी उपचारबाट हाडलाई बलियो भने बनाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस्