काठमाडौंमा दुईजनामा हैजा देखिएपछि सरकारले सर्तकता अपनाउन आग्रह गरेको छ।
असार २ गते झाडापखालाको लक्षण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा रोगको जीवाणु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हैजाका बिरामी देखिएपछि सरकारले पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। हैजा देखिनेमा १८ र २३ वर्षीय व्यक्तिहरु रहेका छन्।