पर्यटन व्यवसायीहरुले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्।
आलेले अश्लील र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका हुन्।
आलेको बर्खास्तीका लागि नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन्।