थापा र शर्माको प्रधानमन्त्रीलाई आग्रहः एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : २७


काठमाडौं । विवादित अमेरिकाको स्टेट पार्टनशिप प्रोगाम (एसपीपी) का सम्बन्धमा काग्रेस महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माको एक ध्वनी आएको छ।

सोमबार उनीहरुले एकै स्वरमा एसपीपी सधैको लागि बन्द गराउन पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

देउवाको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई विहान ११ बजे भेटेका थापा र शर्माले एसपीपीलाई प्रकृया पुर्याएर सधैँका लागि च्याप्टर क्लोज गर्न आग्रह गरेका हुन्।

साथै उनीहरुले प्रतिपक्ष दलहरुसहितको सर्वदलीय बैठक बसेर साँझा धारणा बनाउन पनि माग गरेको महामन्त्री थापाले बताए।

जवाफमा देउवाले यी सबै विषयमा आवश्यक परामर्श गर्ने बताए। साथै शर्मा र थापाले सेयर बजार र लगानीकर्ताहरू मारमा परेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा भाग लिन पाउने विषयमा निर्वाचन आयोगसंग तुरुन्त छलफल गर्न पनि उनीहरुको माग छ।

जवाफमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर अघि बढ्ने बताएका थिए।

उनीहरुले पेट्रोलियम पदार्थको मुलयवृद्धि लगायतमा पनि देउवाको धयानाकर्षण गरिएको महामन्त्री थापाले बताए। देउवासंग पार्टीका समसामयिक विषयमा पनि कुरा भएको उनीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्