चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बन्यो रुस

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : १६


काठमाडौं। युक्रेनलाई आक्रमण गरेपछि रुसले कडा आर्थिक प्रतिबन्धहरुको सामना गर्नुपरेको छ।

विशेषगरी अमेरिका र युरोपले रुसमाथि त्यस्ता प्रतिबन्ध लगाएका छन्। ती देशहरुले रुसी तेल र ग्यास साथै खाद्यान्न कम खपत गर्न थालिसकेका छन्।

उनीहरुका अनुसार विश्वभरका देशले रुसी उत्पादनको प्रयोग कम गर्नुपर्छ।

प्रतिबन्धहरुका बाबजुद पनि रुस चीनलाई सबैभन्दा बढी तेल बेच्ने राष्ट्र बन्न सफल भएको छ। चीनले यस अवधिमा आफ्नो देशमा प्रयोग हुने तेलमध्ये रुसबाट ५५ प्रतिशत तेल खरिद गरेको छ।

चीनमा सबैभन्दा बढी तेल बेच्ने राष्ट्रको रुपमा रुसले साउदी अरबलाई पछाडि छाडेको हो।

कोरोना महामारीका कारण तेल खपत कम हुँदा र अर्थ व्यवस्थामा असर गर्दासमेत चीनले रुसबाट धेरै तेल खरिद गरिरहेको छ।

गत फेब्रुअरीमा मात्र चीनले रुससँग आफ्नो ‘मित्रताको कुनै सीमा’ नभएको बताएका थिए। चीनले पनि रुसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्ने अमेरिकी भनाइ छ।

तर तेलको मामिलामा चीनले मात्र नभएर भारतले पनि अमेरिकी भनाइ मानेको छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस्