खोलाले बगाउँदा कपिलवस्तुमा दुई भारतीय बेपत्ता

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ५७


दैनिक अनलाइन ।  सोमबार विहान अविरल बर्षासंगै आएको बाढीले बगाउँदा कपिलवस्तुमा दुई जना बेपत्ता भएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नं १ मा रहेको पहिरा खोलाले बगाउँदा दुइ भारतीय किशोर बेपत्ता भएका हुन् ।

प्युठानको स्वर्गद्धारीबाट दर्शन गरी फर्कदै गर्दा खोला तर्ने क्रममा भारतको बलरामपुर जिल्ला बस्ने बर्ष १७ का निखिल कौशाल, बर्ष १८ सुरज सोनीलाई बाढीले बगाएको हो ।

उनीहरु लु २ ख २७१६ नम्बरको फोर्स गाडीमा फर्कदै थिए । खोलामा बाढी आए पछि गाडीबाट ओर्लि हिडेरै खोला तर्नेक्रममा उनीहरुलाई बाढीले बगाएको जनाइएको छ ।

बेपत्ता भारतीय नागरिकलाई खोजीकार्य जारी राखिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्