सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस (सूचीसहित)

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ०४


काठमाडौँ । सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक (डिएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको आइतबार बसेको वैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम ३७ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोपबहादुर डाँगी पहिलो नम्बरमा छन् ।

बढुवा सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी बलको एसपीमा बढुवाका लागि सिफारिस भएकाहरुको सूचीः


प्रतिक्रिया दिनुहोस्