ज्योति विकास बैंकको ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ४३


काठमाडाैं । ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् ।

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ। यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ । साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ ।

बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।

बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्