दुवईका राजपरिवार सदस्यका सबै कार्यक्रमलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : २८


काठमाडौं । सरकारले हाल नेपाल भ्रमणमा रहेका दुवईका राजपरिवार सदस्यका सबै कार्यक्रमलाई प्रतिबन्ध लगाउने भएको छ।

सरकारको अनुमति नलिइकन नेपालमा भ्रमण गरेपछि गृहमन्त्रालयले यस्तो निर्णय लिएको छ।

दुवईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले शनिबार विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई झापामा पुगेर भेटेका थिए।

सरकारीको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो ।


प्रतिक्रिया दिनुहोस्