भारतमा हिंसात्मक प्रदर्शन, मोदी सरकारको विरोध गर्दै जलाइए १२ रेल

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ३०


काठमाण्डौँ । नरेन्द्र मोदी सरकारको विरोधमा भारतमा दिनदिनै हिंसात्मक प्रदर्शन हुन थालेको छ । मोदीले ल्याएको तीन सैनिक सेवाको विरोधमा भारतका बिभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भएका हुन् ।

मुख्य गरी भारतका बिहार, उत्तर प्रदेश, तेलंगना, पश्चिम बंगाल, हरियाणा र मध्य प्रदेश राज्यमा युवाहरूले यस्तो खालको विरोध जारी राखेका छन्। प्रदर्शनकारीहरूले रेल सेवालाई निशाना बनाएका छन्। भारतीय संचारमाध्यमका अनुसार  आजसम्ममा कम्तीमा १२ वटा रेलमा आगो लगाइएको छ भने ३ सयभन्दा बढी रेल प्रभावित भएका छन्।

प्रदर्शनकारीले विभिन्न रेलवे स्टेशनमा आगजनी र तोडफोड गरिएको छ। बिहारमा प्रदर्शनकारीहरूले भाजपाका प्रदेश नेताका घरलाई पनि निशाना बनाएका छन्। दर्जनौं सवारी साधनमा आगो लगाइएको छ भने सार्वजनिक सम्पत्ति तोडफोड गरिएको छ। तेलंगनामा भएको प्रदर्शनका क्रममा एकजना १९ वर्षीय किशोरको मृत्यु भएको छ।

मोदीले गत मंगलबार भारतका तीन सैनिक सेवा ( स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। सुरूमा साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले यो स्किममा भाग लिएर चार वर्ष सैनिक हुन पाउने प्रावधान राखिएको थियो। मोदी सरकारको उक्त निर्णयविरूद्ध प्रदर्शन भएपछि यसपालिका लागि भनेर उमेर २३ वर्ष पुर्‍याइएको छ। तर प्रदर्शन मत्थर भएको छैन।

 


प्रतिक्रिया दिनुहोस्