बालेन शाहले ल्याए मेयरसँग कुरा गर्ने कार्यक्रम

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ०८


काठमाडौं । काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले हरेक महिना मेयरसँग कुरा कार्यक्रम सुरु गरिने बताएका छन्।

यो कार्यक्रममा महानगरले दिने सेवा र तथा गुनासोबारे आमजनताले मेयरसँग कुराकानी गर्न पाउने छन्।

यस्तै मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा दरबार हाई स्कुललाई नमूना विद्यालय बनाउने उल्लेख गरेका छन्।

महानगरको ११ औं नगर सभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाहले सामुदायीक विद्यालयलाई प्राथमिकता राखेका छन्।

निजी विद्यालयको शुल्क वैज्ञानिक र व्यावहारिक बनाइने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्